एमाले अवरोधबीच आर्थिक विधेयक बहुमतले पारित
७ असोज, काठमाडौं । सरकारले प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । सो विधेयकमाथि सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक, २०७८ माथि छलफलको प्रस्ताव गरेका थिए । लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित भएको छ । यसअघि राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । तर एमालेका सांसदहरुले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद अवरुद्ध जारी राखेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply