एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दै
१० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दैछ । वैठकले विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ती शुक्रवारदेखि जारी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् । यसअघि हिजोको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका छन् ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेलगायतका सुझाव आएको बताएका छन् ।
त्यस्तै बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको समीक्षा गर्नुपर्ने माग समेत उठेको छ । सुझाव सकिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिवेदन पारितपछि आउँदो १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply