एमाले बैठकस्थल छाडेर हिँडे भीम रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्।
उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए।
रावलले आफूले समय आएपछि बोल्ने भन्दै मौन बसेका थिए। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकमा पनि केही बेर बसेर उनी बाहिरिएका हुन्।
भीम रावलसहित सुदूरपश्चिमका तीन नेताको गुनासो : ओलीले अल्मल्याउने, घुमाउने अनि ठोकठाक गर्ने नीति लिए
असार २७ को १० बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान राख्दै आएका रावल आइतवार बसेको केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका हुन्।
रावलले १० बुँदे अनुसार जेठ २ मा फर्काएर आफूलाई सुदूरपश्चिम इन्चार्जमा कायम गर्नुपर्ने अडान राख्दै आएका छन्।
तर अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले तत्कालीन नेकपाको निरन्तरता पनि भएकाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट नै यथावत हुने अडान राखिरहेका छन्।
यस्तोमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा नेता रावल, झपट रावल र भानुभक्त जोशीले १० बुँदे कार्यान्वयन नगर्ने हो भने नेतृत्वको निर्णय स्वीकार्न नसकिने चेतावनी दिएका थिए।
ओलीले १० बुँदेका नाममा आफूहरुलाई अल्मल्याउने, झुक्याउने र भित्र हालेपछि ठोकठाक गर्ने नीति लिएको भन्दै उनीहरुले बैठकमै आक्रोश पोखेका थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply