एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने
१० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी असोज १५-१७ सम्म ललितपुको गोदावरीमा हुने विधान महाधिवेशनमा ५ हजार जना प्रतिनिधि सहभागी हुने भएका छन्।
तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले तीनवटै प्रतिवेदन परिमार्जनसहित पास गर्दै सहभागी हुने प्रतिनिधिको संख्या पनि टुंगो गरेको हो।
बैठकले तीनवटै प्रस्ताव आवश्यक परिमार्जन र सुझावसहित पास गरेको छ। यीबारे विधान महाधिवेशनका प्रतिनिधिबीच फेरि छलफल हुनेछ, बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, विधान महाधिवेशनमा देशभरबाट आएका ५ हजार प्रतिनिधिले भाग लिनेछन्। प्रवास कमिटीबाट पनि सहभागी हुनेछन्।
भट्टराईका अनुसार प्रदेश कमिटी, जनसंगठन र जिल्ला कमिटीका पदाधिकारीले विधान महाधिवेशनमा भाग लिनेछन्। त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट महिला अनिवार्य गरेर प्रतिनिधि सहभागी गराइँदैछ।
विधान महाधिवेशनमा जिल्लाबाट दलित सदस्य पनि अनिवार्य गरिएको भट्टराईले बताए। ‘विधान महाधिवेशनमा प्रदेश सभा, प्रतिनिधिभा, पालिका प्रमुख-उपप्रमुख र समन्व समितिका प्रमुख-उपप्रमुखले पनि भाग लिने भट्टराईले बताए।
त्यसैगरी पार्टी एकतामा सामेल भएकाहरुलाई पनि सम्मानजनक स्थान दिएर महाधिवेशनमा सहभागी गराइने भट्टराईले बताएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply