एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने
१० असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आगामी असोज १५-१७ सम्म ललितपुको गोदावरीमा हुने विधान महाधिवेशनमा ५ हजार जना प्रतिनिधि सहभागी हुने भएका छन्।
तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकले तीनवटै प्रतिवेदन परिमार्जनसहित पास गर्दै सहभागी हुने प्रतिनिधिको संख्या पनि टुंगो गरेको हो।
बैठकले तीनवटै प्रस्ताव आवश्यक परिमार्जन र सुझावसहित पास गरेको छ। यीबारे विधान महाधिवेशनका प्रतिनिधिबीच फेरि छलफल हुनेछ, बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, विधान महाधिवेशनमा देशभरबाट आएका ५ हजार प्रतिनिधिले भाग लिनेछन्। प्रवास कमिटीबाट पनि सहभागी हुनेछन्।
भट्टराईका अनुसार प्रदेश कमिटी, जनसंगठन र जिल्ला कमिटीका पदाधिकारीले विधान महाधिवेशनमा भाग लिनेछन्। त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट महिला अनिवार्य गरेर प्रतिनिधि सहभागी गराइँदैछ।
विधान महाधिवेशनमा जिल्लाबाट दलित सदस्य पनि अनिवार्य गरिएको भट्टराईले बताए। ‘विधान महाधिवेशनमा प्रदेश सभा, प्रतिनिधिभा, पालिका प्रमुख-उपप्रमुख र समन्व समितिका प्रमुख-उपप्रमुखले पनि भाग लिने भट्टराईले बताए।
त्यसैगरी पार्टी एकतामा सामेल भएकाहरुलाई पनि सम्मानजनक स्थान दिएर महाधिवेशनमा सहभागी गराइने भट्टराईले बताएका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply