११ आश्विन २०७८, सोमबार ०२:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनबारे छलफल हुने
११ असोज,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
बैठकमा पार्टीका उपाध्यक्ष सात जना बनाउनु पर्ने केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुने बताइएको छ । आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष थप्ने प्रस्ताव सकारात्मक रहेको भन्दै त्यसबारेमा स्थायी कमिटीमा छलफल गर्ने र विधान महाधिवेशनमा पुग्दा निर्णयमा पुग्ने बताएका थिए ।
बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा असोज १५–१७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा पनि छलफल हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply