११ आश्विन २०७८, सोमबार ०२:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यान्वयनबारे छलफल हुने
११ असोज,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्न लागेको हो ।
बैठकमा पार्टीका उपाध्यक्ष सात जना बनाउनु पर्ने केन्द्रीय कमिटीका सदस्यहरुको मागमाथि छलफल हुने बताइएको छ । आइतबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष थप्ने प्रस्ताव सकारात्मक रहेको भन्दै त्यसबारेमा स्थायी कमिटीमा छलफल गर्ने र विधान महाधिवेशनमा पुग्दा निर्णयमा पुग्ने बताएका थिए ।
बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलसहितका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए । बैठकमा असोज १५–१७ गतेसम्मका लागि निर्धारित विधान महाधिवेशनको विषयमा पनि छलफल हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply