वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने
१२ असोज, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो ।
पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
स्रोतका अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए । सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो । पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो ।
बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान वर्षमानलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका थिए । यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो । त्यसबेला पनि उनलाई बैंककमै एक महिना लामो उपचार गरिएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply