वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने
१२ असोज, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ लाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो ।
पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जण्डिस देखिएपछि समस्या भए लगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
स्रोतका अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए । सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो । पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो ।
बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान वर्षमानलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका थिए । यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो । त्यसबेला पनि उनलाई बैंककमै एक महिना लामो उपचार गरिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply