मन्त्री छान्न माओवादी स्थायी समिति बैठक बस्दै
१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ । बैठक आज १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । यसअघि बिहान ९ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सरेको हो ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानेकाे मन्त्रीलाई आजको बैठकले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।
पाँच दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली आज टुंगो लाग्ले बताइएको छ ।
यस पटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।
माओवादी स्रोतअनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरी मध्ये एकलाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव छ ।
यसैगरी महेश्वर गहतराज अथक, सुदन किराती मध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply