मन्त्री छान्न माओवादी स्थायी समिति बैठक बस्दै
१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बुधबार बस्दैछ । बैठक आज १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । यसअघि बिहान ९ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सरेको हो ।
पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानेकाे मन्त्रीलाई आजको बैठकले औपचारिक रुपमा अनुमोदन गर्ने बताइएको छ ।
पाँच दलीय गठबन्धन भित्रको सहमतिअनुसार माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्री पाउँनेछ । माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन् । बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली आज टुंगो लाग्ले बताइएको छ ।
यस पटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।
माओवादी स्रोतअनुसार देवेन्द्र पौडेल, हरिबोल गजुरेलले मन्त्री बन्ने निश्चित भएको छ । देव गुरुङ, अमनलाल मोदी र सन्तकुमार चौधरी मध्ये एकलाई मन्त्री बनाउँन अध्यक्ष प्रचण्डलाई दवाव छ ।
यसैगरी महेश्वर गहतराज अथक, सुदन किराती मध्ये एक जना मन्त्री हुनसक्ने बताइएको छ । यसैगरी महिलाबाट अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एक जना राज्य मन्त्री हुने सम्भावना रहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply