एमाले विधान महाधिवेशन : तीन वटै प्रस्ताव पारित
१७ असोज , काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट तीन वटै राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएका हुन् ।
राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो । एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो । तर यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरुले लिखित रुपमा फरक मत राखेनन् ।
उनीहरुले असन्तुष्टि व्यक्त गरे पनि लिखित रुपमा फरक मत नराखेपछि तीन वटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो । महाधिवेशन आजै सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply