एमाले विधान महाधिवेशन : तीन वटै प्रस्ताव पारित
१७ असोज , काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट तीन वटै राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएका छन् ।
महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएका हुन् ।
राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीन वटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए । हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो । एमालेको विधान महाधिवेशन नीति निर्माणका लागि भएको थियो । तर यो महाधिवेशनमा माधव नेपाललाई छाडेर आएका घनश्याम भुसाल र भीम रावलसहितका नेताहरुले लिखित रुपमा फरक मत राखेनन् ।
उनीहरुले असन्तुष्टि व्यक्त गरे पनि लिखित रुपमा फरक मत नराखेपछि तीन वटा मात्रै प्रतिवेदनमाथि छलफल भएको थियो । महाधिवेशन आजै सकिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply