निधि निवासमा कांग्रेस सभापतिका तीन दाबेदारबीच भेटवार्ता
१८ असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका तीन दाबेदार नेताहरुबीच सोमबार भेटवार्ता भएको छ ।
कांग्रेस सभापतिमा दाबी गरिरहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच निधि निवासमा भेटवार्ता भएको हो । शशांक बीपी पुत्र, विमलेन्द्र महेन्द्र नारायण निधि पुत्र र प्रकाशमान गणेशमान सिंहका पुत्र हुन् । उनीहरु तीनैजनाले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरेका छन् । यी नेताबीच भएको यो छैटौं भेट हो । यसअघि पनि उनीहरुले पटक पटक छलफल गरिरहेका छन् ।
निधि निवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो । कांग्रेसमा १४ औं महाधिवेशनको कार्यक्रम शुरु भएयता तीन नेताबीच बाक्लै भेटघाट भएको छ भने उनीहरुबीच एक जनालाई सभापतिको साझा उम्मेदवार बनाएर जानेबारेमा छलफल हुँदै आएको छ ।
तर तीनै नेता सभापतिका आकांक्षी भएकाले कसले कसलाई छाड्ने र स्वीकार्ने भन्ने निश्चित छैन । संस्थापन पक्षमा रहेका निधि वर्तमान सभापति शेरबहादुर देउवा आफै नेतृत्वमा उठ्ने भएपछि उम्मेदवारी घोषणा गर्दै अरु दुई नेतासँग छलफलमा छन् । संस्थापन इतरमा रहेका कोइराला र सिंह दुबै आफै नेतृत्वको आकांक्षी भएकाले लगातारको भेटमा पनि नेतृत्वको विषय टुंगोमा पुगेको छैन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply