सत्ता गठबन्धन दलबीच मिल्यो भागबण्डा
१९ असोज, काठमाडौं । सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा मिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डामा सहमति जुटाएका हुन् ।
सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । २१ मन्त्रालयको भागबण्डासहित मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठेको उनले जानकारी दिए ।
स्वकीय सचिव देउवाले मंगलबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि जानकारी दिए । यसअघि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सत्तारुढ गठबन्धन आलोचना खेप्दै आएको थियो ।
शीर्ष नेताको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका बीचमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि जसपा र एकीकृत समाजवादी पार्टीले सम्मानजनक रुपमा मात्रै सरकारमा जाने अडान राख्दै आएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply