सत्ता गठबन्धन दलबीच मिल्यो भागबण्डा
१९ असोज, काठमाडौं । सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा मिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको शीर्ष नेताहरुले मन्त्रालयको भागबण्डामा सहमति जुटाएका हुन् ।
सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । २१ मन्त्रालयको भागबण्डासहित मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठेको उनले जानकारी दिए ।
स्वकीय सचिव देउवाले मंगलबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि जानकारी दिए । यसअघि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सत्तारुढ गठबन्धन आलोचना खेप्दै आएको थियो ।
शीर्ष नेताको बैठकमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका बीचमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको बताए । यसअघि जसपा र एकीकृत समाजवादी पार्टीले सम्मानजनक रुपमा मात्रै सरकारमा जाने अडान राख्दै आएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply