चीनले नेपाललाई १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने
२० असोज , काठमाडौं । छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन् ।
उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत यान्छीले दिएकी हुन् । चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो । यो खोप ल्याउन दुई छिमेकी देशका अधिकारीहरु छलफलमा रहेका छन् ।
मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख चिनियाँ युआन) पनि अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।
यसैबीच चिनियाँ जनमुक्ति सेनाले पनि नेपाली सेनाका लागि तीन लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरिसकेको छ । यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो । चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सरकारले भेरोसेलको अन्य मात्रा पनि चीनबाट किनेर ल्याएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply