चुनाव चिन्ह परिवर्तनका लागि नेकपा (एस) निर्वाचन आयोग जाने
२२ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पहिले प्रस्ताव गरेको निर्वाचन चिन्ह परिवर्तन गर्ने भएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले यसअघि प्रस्ताव गरेको ‘किताब’ चुनाव चिन्ह परिवर्तन गर्दै ‘कलम’ राख्न लागेको हो ।
कमल निर्वाचन चिन्ह यसअघि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले पाएको थियो । जीवन राईले दर्ता गरेको उक्त पार्टीलाई गत जेठ ३० मा निर्वाचन आयोगले प्रमाणपत्र दिएको थियो ।
अहिले राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा एकीकरण गरेर चुनाव चिन्ह ‘कलम’ राख्न लागिएको हो । त्यसका लागि राईलाई समाजवादीको केन्द्रीय सदस्य बनाउने निर्णय बिहीबारै भइसकेको छ ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रक्रिया पु¥याएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा लागेको जानकारी दिएका छन् । सकेसम्म आजै निर्वाचन आयोग जाने तयारी होभ्याइएन भने आइतबारसम्म जान्छौ , खतिवडाको भनाइ छ ।
निर्वाचन चिन्ह परिवर्तन गर्न आयोग जानुअघि पार्टी एकता गरेको संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । आयोग जानुअघि दुवै पक्ष (समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जीवन राई) को पार्टीका तर्फबाट संयुक्त वक्तव्य जारी गर्नुपर्ने हुन्छ । त्यसको ड्राफ्ट बनाउने काम भइरहेको छ, राईले सोही अनुसार तयारी भैरहेको बताए ।
नेकपा एकीकृत समाजवादीले गत भदौ ९ गते निर्वाचन आयोगबाट प्रमाणपत्र पाएको थियो । त्यसबेला सो पार्टीले आफ्नो चिन्ह ‘किताब’ प्रस्ताव गरेर सोही आधारमा आयोगले मान्यता दिएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply