२२ आश्विन २०७८, शुक्रबार १०:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेसले टुंग्यायो मन्त्री : मिनेन्द्र रक्षा मन्त्री र दिलेन्द्र कानुन मन्त्री
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ ।
त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछन् ।
कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भएकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply