२२ आश्विन २०७८, शुक्रबार १०:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेसले टुंग्यायो मन्त्री : मिनेन्द्र रक्षा मन्त्री र दिलेन्द्र कानुन मन्त्री
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने नेताको नाम टुंगो लागेको छ ।
कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका स्रोतले बताएको छ ।
त्यस्तै रिजालले रक्षा र बडुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्नेछन् ।
कांग्रेसको भागमा सात मन्त्री र एक राज्यमन्त्री परेको छ । यसअघि तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । कांग्रेसको भागमा परेको खानेपानी मन्त्रालयको नेतृत्व उमाकान्त चौधरीले गर्ने भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी भएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply