१४ औं महाधिवेशन : सभापतिमा लड्ने महामन्त्री डा. कोइरालाको घोषणा
२३ असोज , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका गरेका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र–२ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफूले कांग्रेस केन्द्रीय सभापतिमा लड्ने घोषणा गरेका हुन् ।
कोइरालाले सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी समेत गरेका छन् । उनले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न पहल गर्ने बताएका छन् । उनले मेलम्चीमा गएको बाढी पहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन दबाव दिने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भइसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने जानकारी दिए । सभापति लामाले केन्द्रीय सदस्य मोहन बस्नेतलाई लक्षित गर्दै समायोजनको निर्देशिकालाई बस्नेतले लत्याएको र समायोजनमा बस्नेतकै कारण लफडा भएको तर्क गरेका छन् ।
शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने नेविसंघका क्षेत्रीय अध्यक्ष दिपेशराज खनाल ले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश संसद निमा लामा, प्रदेशसभा का उम्मेद्वार बिकास तामाङ, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ पूर्व सभापती भुपेन्द्र थापा, उपसभापति शिव सुनार, सचिब बिलबहादुर तामाङ, महासमिति सदस्य गंगा चापागाईं महाधिवेशन प्रतिनिधि महिला नेतृ जमुना मोक्तानलगायत ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply