देउवाले भने : योग्य साथीहरुलाई मन्त्री बनाउन नसक्दा दुःखी छु
२३ असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सबैलाई भागबण्डा मिलाउँदा पार्टीका क्षमतावान र योग्य साथीहरुलाई मन्त्री बनाउन नसकिएको बताएका छन् ।
शनिबार स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाद्धारा बालुवाटारमा आयोजित पुष्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्य साथीहरुलाई मन्त्री बनाउन नसक्दा आफू दुःखित भएको बताए ।
देउवाले भने- शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाएको छ, पार्टीका योग्य र क्षमतावान साथीहरुलाई न्याय गर्न नसकेकोमा म दुःखी छु । यो गठबन्धनको सरकार हो, बुझ्नुहुन्छ सबैले ।
देउवाले आउने दिनमा अहिले अवसर नपाएकाहरुलाई उचित जिम्मेवारी दिइने बताए । प्रधानमन्त्रीले वीपी कोइराला शताब्दी सन्देश पुस्तक प्रकाशन गरेकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई धन्यवाद दिए ।
नेविसंघका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता महरले सो कार्यक्रमको संयोजन गरेका हुन् । कार्यक्रममा कांग्रेस नेता मीन विश्वकर्मा,तारादेवी भट्ट लगायतले सम्बोधन गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply