कांग्रेस प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
२३ असोज, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली कांग्रेका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
भेटमा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको महतले बताए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताएका थिए ।
मुख्यमन्त्री आदित्यनाथले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै नेपालको रष्ट्रियता बलियो हुँदा मात्रै भारतको हित हुने बताएको महतले सुनाए ।
भेटमा महतले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेका थिए । मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा निर्देशन दिइसकेको जानकारी पनि दिएको महतले बताए ।
भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । शनिबारको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply