कांग्रेस प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
२३ असोज, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
उत्तरप्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा शनिबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली कांग्रेका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
भेटमा आफूहरुले नेपाल–भारत सम्बन्ध द्विपक्षीयहित तथा दुई देशबीचका राजनीतिक धार्मिक सांस्कृति ऐतिहासिक एवं जनताबीचको सम्पर्कका विविध आयामका बारेमा कुरा उठाएको महतले बताए । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले नेपालसँग सम्बन्धित विविध मुद्दा एवं विषयवस्तुलाई भारतले सधैँ प्राथमिकतामा राखेको बताएका थिए ।
मुख्यमन्त्री आदित्यनाथले भारतले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै नेपालको रष्ट्रियता बलियो हुँदा मात्रै भारतको हित हुने बताएको महतले सुनाए ।
भेटमा महतले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेका थिए । मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र उचित स्थानमा निर्माण हुने विषयमा निर्देशन दिइसकेको जानकारी पनि दिएको महतले बताए ।
भारतीय जनता पार्टीको निमन्त्रणामा तीन दिनअघि भारत गएको महत नेतृत्वको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेताद्वय उदयशमशेर राणा र अजय चौरसिया छन् । शनिबारको भेटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र अर्का नेता आश्विन जोहर थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply