प्रजातन्त्रको विकल्पमा कसैले अरु सपना नदेखे हुन्छ : प्रधानमन्त्री
२४ असोज, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक केही हुन सक्दैन । कसैले अरु कुनै सपना नदेखे हुन्छ । प्रजातन्त्रको लागि लडेको पार्टी हो’, गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यहाँ केही कुरा आएका छन् । जनताले जनताको नाम लिन्छन् । जनताले मान्दैनन् । जनताले हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’
आफूमाथि प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएको र लोकतन्त्र कमजोर बनाएको आरोप लागिरहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो । आफूसँग बोल्ने विषय धेरै नभएको बताउँदै उनले पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख गरे । देउवाले अर्कोतिर छिटो छरितो विकासका कामहरु अगाडि बढाउनु आवश्यक भएको पनि बताए । फरक प्रशंगमा उनले देश कोभिडबाट मुक्त भइनसके पनि नियन्त्रणको दिशामा अगाडि बढेको बताए ।
‘अहिले अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ’, उनले भने,‘कोभिड कन्ट्रोल गरेकैले नेपालीलाई बेलायत जान र बेलायती पर्यटक नेपाल आउने अवस्था बनेको छ ।’
नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएको एवं राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक प्रतिवद्धता गरिएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले साक्षरता भनेको नागरिकको सचेतना भएको बताए ।
यसअघि त्यही मञ्चबाट बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनतामा चेतनास्तर नबढ्दा नेताहरु पनि स्तरीय नहुने बताए । उनले त्यहीकारण नेतृत्वमा एउटै व्यक्ति दोहोरिने सम्भावना रहने बताएका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply