प्रजातन्त्रको विकल्पमा कसैले अरु सपना नदेखे हुन्छ : प्रधानमन्त्री
२४ असोज, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक केही हुन सक्दैन । कसैले अरु कुनै सपना नदेखे हुन्छ । प्रजातन्त्रको लागि लडेको पार्टी हो’, गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘यहाँ केही कुरा आएका छन् । जनताले जनताको नाम लिन्छन् । जनताले मान्दैनन् । जनताले हो भन्छन्, जनताले भोटबाट देखाइहाल्छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’
आफूमाथि प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएको र लोकतन्त्र कमजोर बनाएको आरोप लागिरहेका बेला देउवाको यो भनाइ बाहिर आएको हो । आफूसँग बोल्ने विषय धेरै नभएको बताउँदै उनले पूर्ण रुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको उल्लेख गरे । देउवाले अर्कोतिर छिटो छरितो विकासका कामहरु अगाडि बढाउनु आवश्यक भएको पनि बताए । फरक प्रशंगमा उनले देश कोभिडबाट मुक्त भइनसके पनि नियन्त्रणको दिशामा अगाडि बढेको बताए ।
‘अहिले अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद दिएको छ’, उनले भने,‘कोभिड कन्ट्रोल गरेकैले नेपालीलाई बेलायत जान र बेलायती पर्यटक नेपाल आउने अवस्था बनेको छ ।’
नेपालको संविधानमा शिक्षालाई मौलिक हकको रुपमा राखिएको एवं राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक प्रतिवद्धता गरिएको स्मरण गर्दै प्रधानमन्त्री देउवाले साक्षरता भनेको नागरिकको सचेतना भएको बताए ।
यसअघि त्यही मञ्चबाट बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनतामा चेतनास्तर नबढ्दा नेताहरु पनि स्तरीय नहुने बताए । उनले त्यहीकारण नेतृत्वमा एउटै व्यक्ति दोहोरिने सम्भावना रहने बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply