लुम्बिनीका नव नियुक्त मन्त्रीले लिए शपथ
२४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
शपथ लिने मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र वन वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्र हमाल रहेका छन् । यस्तै, कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि पद तथा गोपनीयताको शपथ लिए ।
माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ लिए । स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पनि आइतबार शपथ लिएकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply