विश्वासको मतमा मतदान नगरी बागमती प्रदेशसभा १२ दिन स्थगित
२४ असोज, हेटौडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेकी छन् ।
तर प्रस्तावमा छलफल र मतदान नगरी प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । अब विश्वासको मतमाथि दशैंपछि मात्र छलफल हुने भएको छ ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर आइतबारको प्रदेशसभा बैठकमा उक्त प्रस्ताव पेश भएन । आइतबारको बैठकमा मुख्यमन्त्री शाक्य र दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
मुख्यमन्त्री शाक्यले राजनीतिक कुरा नै गरिनन् । उनले दशैं, तिहार र चाडपर्वको विषयमा मात्र कुरा गरिन् । मुख्यमन्त्री शाक्यले समाजवादको यात्राको लागि राजनीतिक कुराहरुले मात्रै परिवर्तन नहुने भन्दै सांस्कृतिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताइन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संविधान बचाउनुपर्ने अवस्था रहेको बताउँदै अल्पमतको सरकार तत्काल हट्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरुलाई झण्डा हल्लाउँदै टीका थाप्ने रहर लागेको टिप्पणी गरे ।
नेकपा एमालेका मुख्यसचेतक दीपक निरौलाले गठबन्धनले अर्को सरकार बनाउन नसकेको आरोप लगाए । विवेकशील साझा पार्टीका नेता रमेश पौडेलले राजनीतिक दलहरु सत्ताको चित्र फेर्न तयार भए पनि चरित्र फेर्न नसकेको बताए । नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले संसदमा सरकार ‘मंगले आफ्नै ढंगले’ भन्दै व्यंग्य गरे ।
राप्रपाकी सांसद रिता माझीले प्रदेश सरकार र संघीयता खारेजी को माग गरेकी छिन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply