आज एमालेको पालिका अधिवेशन , ओलीले थापाथलीबाट उद्घाटन गर्दै
९ कात्तिक , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधिवेशनको चटारोमा छ । नेकपा एमालेको आज पालिका अधिवेशन हुँदैछ । पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिने छन् ।
गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो ।
६ हजार ७४५ मध्ये बाढी र पहिरोका कारण केही ठाउँका अधिवेशन सरेको थियो । सरेका वडाको अधिवेशन कात्तिक १५ गतेभित्र सक्ने कार्यालय सचिव तामाङले जानकारी दिए । एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म दशौं राष्ट्रिय अधिवेशन गर्दैछ । सोही अधिवेशन अन्तर्गत वडा, पालिका अधिवेशन गरेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply