५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी
१० कात्तिक, हेटौंडा । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरिएको छ ।
अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र एक वा एकभन्दा बढी दलको बहुमत सांसदको समर्थन जुटाएर दाबी गर्न आउन आह्वान गरेसँगै बुधबार नै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेको हो ।
दाबी पेसका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीले बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुख कार्यालय पुगेर शर्मालाई हस्ताक्षर पत्र बुझाएका हुन् । एमाले सरकारबाट बाहिरी सकेको छ भने, विवेकशील साझा, नेमकिपा र राप्रपा सरकारमा सहभागी नहुने भएका छन् ।
माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एसका १३ र जसपाका १ सांसद गरी ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् । १०९ सांसद संख्या रहेको बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख शर्माले संविधान बमोजिम नयाँ सरकार गठका लागी दाबी पेश गर्न बिहीबार ३ बजेसम्म समय तोकेका थिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply