प्रधानमन्त्री देउवा बेलायतमा, बिहानैदेखि भेटघाटका कार्यक्रम शुरु
१३ कात्तिक,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ बेलायत (लण्डन) पुगेका छन् । स्कटल्याण्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ‘कोप २६’ भाग लिने शिलशिलामा शुक्रबार उनीसहितको टोली बेलायत पुगेका हुन् ।
बेलुका ८ बजे बेलायतको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसदमा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए । प्रधानमन्त्रीलाई स्वागत गर्न दूतावासका मिलिटरी एट्याची रत्न गोदार र समाजसेवी व्यवसायी रविजंग लामिछाने पनि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री भ्रमण टोलीमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लगायत उच्च अधिकारीहरू पनि भ्रमणमा सहभागी छन् । बेलायतका लागि पूर्व राजदूतको डा. दुर्गाबहादुर सुवेदी पनि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालका रूपमा भ्रमण टोलीमा छन् ।
पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । बेलायतमा उनको बसाइ बेलायतस्थित नेपाली दूतावासमा हुनेछ । शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसद्को नेपाल मामिला हेर्ने अन्तर पार्टी संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदैछ । बेलायतको ऐतिहासिक क्लब ‘द नाभेल एन्ड मिलिटरी क्लब‘ मा आयोजना हुने रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ ।
आइतबार प्रधानमन्त्रीको सम्मानमा दूतावासमा एक रिसेप्सन आयोजना हुने भएको छ । जसमा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि आमन्त्रित छन् । आइतबार बेलुका प्रधानमन्त्री देउवा कोप २६ मा भाग लिन स्कटल्यान्डतर्फ लाग्ने छन् । सोमबार र मंगलबार उनी विश्व नेताहरूको सम्मेलनमा भाग लिनेछन् । मंगलबारका दिन उनले सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने पनि कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply