सुदूरपश्चिमका ५२२ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन
१३ कात्तिक, धनगढी । नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए ।
बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्राय: वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनी बताउँछन् ।
रावलले बैतडीमा ८४ मध्ये ७८ वडामा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको र बाँकी रहेका ६ मध्ये चार वडामा शनिबार र दुुई वडामा आइतबार अधिवेशन हुने जानकारी दिए ।
५२ वडा रहेको डडेल्धुरामा ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी रहेका वडामा १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ । बाजुरामा सबै ६९ वडा र चार वटा पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको रावलले बताए । बाँकी रहेका वडा र स्थानीयतहको अधिवेशन कात्तिक १५ गते हुनेछ ।
६१ वडा रहेको दार्चुलामा ५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने अन्यमा पनि सर्वसम्मत रुपले नेतृत्व चयन गरिने एमालेले जनाएको छ ।
अछाममा ९१ मध्ये शनिबार साँझसम्म ६० वडामा निर्विरोध अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको एमाले अछामका इन्चार्ज झपटबहादुर बोहराले जानकारी दिए ।
उनकाअनुसार कात्तिक १५ गतेभित्र बाँकी रहेका सबै वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ । कैलाली र कञ्चनपुरका १५ बाहेक सबै वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
शुुक्रबार सम्पन्न वडा अधिवेशनबाट १३ वटा स्थानीय तह रहेको कैलालीका ११६ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेले जनाएको छ । एमाले कैलालीकाअध्यक्ष रतन थापाले जिल्लामा कुल १२६ वडा रहेकोमा शुक्रबार साँझसम्म ११६ वडामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिए ।
शुुक्रबार अबेरसम्म बन्द सत्र नसकिएका बाँकी १० वडामा शनिबार सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने अध्यक्ष थापाले बताए । धनगढी उपमहानगरपालिका-१२ बाहेक अन्य १८ वडामा अधिवेशन सम्पन्न भएको नगर कमिटीका अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए ।
९ स्थानीयतहका ९२ वडा रहेको कञ्चनपुुरमा पाँचबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ । एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले दोधारा चाँदनी नगररपालिका-७, पुनर्वास नगरपालिका-८ र वेदकोट नगरपालिकाका तीनवटा वडाबाहेक सबै वडामा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको जानकारी दिए । बाँकी रहेका वडामा शनिबार नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने उनले जनाए ।
सुदूरपश्चिम प्रदेशमा १२ गते वडा अधिवेशन र १५ गते पालिका अधिवेशन गर्ने कार्यसूची तय गरिएकोमा नेतृत्व सर्वसम्मत चयन गर्ने रणनीतिका कारण केही ढिलाइ भइरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply