सरकार उल्टो बाटोमा हिंड्यो, संसद सिन्को भाँच्न नसक्ने भयो : सुवास नेम्वाङ
१३ कात्तिक , काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुको विरोधका कारण एक सेकेण्ड पनि सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा नेम्वाङले एमालेका कारण सदनको काम कारवाही रोकियो भन्ने प्रचार निरर्थक रहेको भन्दै आफ्ना कारणले सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका हुन् । नेम्वाङले सरकारले नै कुनै विधेयक नल्याएर सदनलाई कामविहीन बनाएको आरोप लगाए । उनले सरकारले बिजनेश नदिएका कारण नै सदनले सिन्का भाँच्न नसकेको तर्क गरे ।
नेम्वाङले सदन सञ्चालनमा सभामुखले एमालेप्रति भेदभाव गरेको र कार्य व्यवस्थामा पनि एमालेसँग कुनै छलफल नै नभएको जिकिर गरे । नेम्वाङले ८८ दिनपछि मात्र पूर्णता पाएको वर्तमान सरकारले जनता र देशप्रति कुनै काम गर्न नसकेको धारणा राखे ।
नेम्वाङले सदनमा पेश भएका विधेयक फिर्ता लिएर पछिल्लो समय सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply