कोप–२६ : नेपालले जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा उठाउने
१४ कात्तिक, काठमाडौं । स्कटल्याण्डमा आज देखि शुरु हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पनि आफ्नो मुद्दा उठाउँदैछ ।
सम्मेलनमा विश्वका राष्ट्र प्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौं मानिसहरू भेला हुँदैछन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुनेछ ।
जलवायु परिवर्तनका कारण विभिन्न विपद् सामना गर्न बाध्य भएको नेपालले गरिब देशहरूलाई परेको हानी–नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने आवाज उठाउने भएको हो । यस्तै पग्लिरहेको हिमालका कारण नागरिकले भोग्नुपरेको समस्या समाधानका लागि नेपालले विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ ।
नेपालसहित अति कम विकसित देशहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण, अनुकूलन तथा जलवायुजन्य घटनाबाट हुने हानि–नोक्सानी न्यूनीकरण तथा क्षतिपूर्तिको मुद्दालाई मुख्य रुपमा उठाउन लागेका हुन् । नेपालको तर्फबाट सम्मेलनमा प्रधानमन्त्रीस्तरबाट १२ वर्षपछि सहभागिता हुन लागेको हो ।
सम्मेलनमा जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिहरूसँग अब अनुकूलनले मात्र नथेग्ने गरी क्षतिहरू हुन थालेका र तिनको निराकरण गर्ने क्षमता र स्रोत आफूहरूसँग नभएकाले त्यसका लागि विश्व समुदायसँग आह्वान गरिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी निकायको प्रतिवेदनअनुसार खासगरी कार्बन उत्सर्जनका कारण बढ्दो तापक्रमले मनसुन जस्ता मौसमी प्रणाली खलबलिएको औंल्याएको छ । यसको असर नेपालको मौसमी प्रणालीमा पनि परेको छ र यसवर्ष बाढी पहिरोबाट धनजनको ठूलो नोक्सानी भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु सम्मेलनमा नेपालमा हुने विपद् जन्य जोखिम न्यूनीकरण तथा क्षतिको व्यवस्थापन गर्ने काममा सहकार्य गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ । यसैगरी नेपालले हिमालय क्षेत्रमा हिउँ पग्लने र हिमताल विस्फोटनको जोखिमबारेमा पनि विश्वको ध्यानाकर्षण गराउने वन मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालले पर्वतीय देशहरुहरू र अति कम विकसित देशको समूहमार्फत आफ्ना कुरा लागेको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply