गठबन्धन सरकार लुतो लागेको कुकुरजस्तो खुइलिँदै जान्छ : ओली
१५ कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई ‘लुत्तो लागेको कुकुर’ को संज्ञा दिएका छन् । एमाले भरतपुर महानगरको अधिवेशनलाई सोमबार चितवनमा सम्बोधनका क्रममा ओलीले देउवा नेतृत्वको सरकार आफै ढल्ने बताएका हुन् ।
हामी यो सरकारलाई केही गर्दैनौं । हाम्रो तयारीमा जुटिसकेका छौं । तर यो सरकार चल्दै जान्छ, लुतो लागेको कुकुरझैं खुइलिँदै जान्छ’ उनले थपे हामीले चाह्यौं भने सजिलै ढाल्न सक्छौं । तर हामी यसलाई चलाउँदैनौं ।
उनले पाँच दलीय गठबन्धन चुनावमा जान डराएको समेत आरोप लगाए । चुनावबाट कहिलेसम्म भाग्लान् यिनीहरु ? स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझैं पछार्नु पर्छ, उनले भने, भरतपुर महानगरमा जित्ने एमाले नै हो । आजैदेखि नै एकतावद्ध भएर तयारी गर्नुस् ।
उनले अब एमालेमा देखिएको विवादलाई बिर्सिएर अघि बढ्न पनि आग्रह गरे । हिजो कुन पृष्ठभूमिमा के भयो, हिजोका कुरामा अल्झिने होइन । अब समय बर्बाद गर्ने होइन, उनले भने, विगतका तीता मिठा कुरा सम्झिएर समय खेर फाल्ने होइन यो । अब अरुझैं हामी कुटाकुट गरेर बस्ने होइन । अघि बढौं चुनावको तयारीमा लागौं ।
उनले पाँच दल एकसाथ लडे पनि एमाले एक्लै काफी हुने बताएका छन् । ‘हामी जित्नका लागि लड्छौं । चुनावसम्मै हामी पाँच वटा मिल्छौं भनिरहेका छन् । पाँच वटै मिलेर जाऊ हामी एक्लै काफी छौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply