तिहारमा काठमाडौंबाट बाहिरिने यात्रुलाई चार स्थानबाट कोरोनाको खोप
१६ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम शुरु गरेको छ ।
कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । दुई दिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । यप् चार स्थानमा आज बिहानदेखिनै खोप कार्यक्रम शुरु गरिएको छ ।
आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । खोप निःशुल्क लगाइने छ ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनमा नसकिए यो कार्यक्रम थप गर्न सकिने जानकारी दिए । पहिलो चरणको खोप लगाएकालाई दोस्रो र पहिलो नै नलगाएकालाई पहिलो चरणको खोप लगाइने जानकारी दिए । सरकारले नागरिकका लागि सहज बनाउन यो कार्यक्रम शुरु गरिएको जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply