सर्वोच्चमा १५ न्यायाधीशसलाई तोकियो नौं इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका
१७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले १५ न्यायाधीशहरूका लागि नौ इजलास तोकका छन् । तीन एकल र ६ वटा संयुक्त इजलासमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका छन् ।
दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा तथा सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठलाई प्रधानन्यायाधीश जबराले संयुक्त इजालस तोकेका छन् । त्यस्तै कुमार चुडाल, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीलाई भने एकल इजलास तोकिएको छ ।
मंगलबार प्रधानन्यायाधीशले बैंकिङ कसुरको मुद्दामा समेत पेसी तोके पनि बुधबार भने बन्दीप्रत्यक्षीकरण मुद्दामा मात्रै इजलास तोकेका छन् । सबै इजलासलाई एक–एक वटा मुद्दा हेर्नेगरी पेसी तोकिएको छ ।
मंगलबार १० जना न्यायाधीशको ६ वटा इजलास तोकेकामा जबराले एउटा संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरणको मुद्दासँगै जोडिएको बैंकिङ कसुरको मुद्दा तोकेका थिए । पहिलेको समझदारीभन्दा बाहिर गएर प्रधानन्यायाधीशले मुद्दाको पेसी तोकेको भन्दै कोही पनि न्यायाधीश मंगलबार इजलासमा गएनन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीशको राजीनामा नआएसम्म इजलासमा नफर्कने अडानमा रहेका बेला आफूले कुनै हालतमा राजीनामा नगर्ने बताएका जबराले आइतबार सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि परिस्थिति एकाएक फेरिएको थियो । इजलासमा एक्लै बसेर मुद्दाको सुनुवाइ गरिरहेका प्रधानन्यायाधीश जबराले सोमबार आफूलाई मुद्दा तोकेनन् भने ६ दिनदेखि इजलास नगएका न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ गर्ने सर्तमा इजलास गए ।
प्रधानन्यायाधीश जबराको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् । आइतबारदेखि सुरु भएको कालोपट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply