एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै
२४ कात्तिक, काठमाडौं । नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०-१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेकाे छ ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।
एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वके सरगर्मी बढेको छ । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघिकाे बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेकाे छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply