अमेरिकाले एमसीसी फिर्ता लैजाँदा राम्रो : बामदेव गौतम
२४ कात्तिक, काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बनेका वामदेव गौतमले नेपाल सरकार र अमेरिकासँग अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले उक्त परियोजना फिर्ता लैजाँदा राम्रो हुने बताएका हुन् ।
एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’ गौतमले विज्ञप्तिमार्फत भनेका छन् । उनले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको समेत बताएका छन् ।
यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रुपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न विनम्र अनुरोध गर्दछु’, गौतमले नेपाल सरकार र अमेरिकालाई अनुरोध गरेका छन् । यसअघि एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फरक–फरक धारणा सार्वजनिक भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply