मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी
२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाएका छन् ।
उनले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोप लगाए । डडेल्धुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दावी गरे ।
हामीले लिखित रुपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौं, के कति कारणले डडेल्धुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ, जिल्ला सभापति मल्लले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भने, ‘केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेको हो कि भन्ने हामीलाई लागेको छ ।
डडेल्धुरा जिल्ला कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला हो । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएको छ ।
डडेल्धुरा जिल्ला सभापति मल्लले आफूहरुको माग सुनुवाइ नभएको भन्दै मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरे । ११ दिन हामी पार्टी कार्यालय डडेल्धुरामा अनसन बस्यौं, त्यसको पनि कुनै सुनुवाइ भएन उनले भने अब हामी डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरु सानेपामा अनसन बस्छौं ।
डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको वडा अधिवेशन नभएका जिल्लामा शनिवारदेखि अधिवेशन प्रक्रिया शुरु भएको छ । देशभरका १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply