दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई आज देखि फाइजर खोप अभियान सञ्चालन
२७ कात्तिक, काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लक्षित गरेर आज देखि फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्दै छ।
कोरोना भाइरसविरुद्ध फाइजर बायोएनटेकको ५० हजार डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई लगाउन लागिएको सरकारले जनाएको छ।
यो खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाउने योजना छ। सरकारले तोकेका देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी ५ देखि ७ मंसिरसम्म खोप लगाउन बाँकीलाई यो खोप दिइने छ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनभित्र दिनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिए। यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने छ। १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिने तयारी छ।
फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसङ्ख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई यो खोप दिने तयारी सरकारले गरेको हो।
यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ।
यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply