अमेरिकाबाट आइपुग्यो हैंजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप
२९ कात्तिक, काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ । आइतबार दुई लाख ५२ हजार ३६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हैजा बिरुद्धको खोप हस्तान्तरण गरेका छन् । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् ।
सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । गएको १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो । हैजाबाट कृष्णनगरमा सयौं बिरामी परेका छन् भने सात जनाको मृत्यु समेत भइसकेको छ ।
हैजाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ नम्वर वडा बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । त्यहाँका बिरामीमा अहिले पनि झाडापखाला र बान्ताको समस्या नियन्त्रणमा आइसकेको छैन । प्रवक्ता पौडेलले आगामी आइतबारदेखि कृष्णनगरसहित कपिलवस्तुका पाँच स्थानीय तहका नागरिकलाई खोप खुवाइने जानकारी दिए । पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम दिएपछि मात्रै खोप खुवाइने पौडेलले बताए ।
कपिलवस्तुको हैजा प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार ७४३ जना, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराजमा ६४ हजार ७७८ जना, विजयनगरमा ३५ हजार ९०३ जना र यशोधरामा ३७ हजार ७८३ जना गरी दुई लाख ५२ हजार २ ६३ जनालाई हैजाविरुद्ध खोप खुवाउने सरकारको तयारी छ । यो खोप एक पटक लगाएपछि पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिने विभिन्न अध्ययनले देखाएको पौडेलले जानकारी दिए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले हैजा प्रभावित क्षेत्रका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिइने बताए । ‘मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘अन्य चार स्थानीय तहमा मंसिर ७ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply