अमेरिकाबाट आइपुग्यो हैंजाविरुद्धको दुई लाख ५२ हजार डोज खोप
२९ कात्तिक, काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ । आइतबार दुई लाख ५२ हजार ३६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा युनिसेफ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हैजा बिरुद्धको खोप हस्तान्तरण गरेका छन् । युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन् ।
सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो । गएको १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो । हैजाबाट कृष्णनगरमा सयौं बिरामी परेका छन् भने सात जनाको मृत्यु समेत भइसकेको छ ।
हैजाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ नम्वर वडा बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । त्यहाँका बिरामीमा अहिले पनि झाडापखाला र बान्ताको समस्या नियन्त्रणमा आइसकेको छैन । प्रवक्ता पौडेलले आगामी आइतबारदेखि कृष्णनगरसहित कपिलवस्तुका पाँच स्थानीय तहका नागरिकलाई खोप खुवाइने जानकारी दिए । पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम दिएपछि मात्रै खोप खुवाइने पौडेलले बताए ।
कपिलवस्तुको हैजा प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार ७४३ जना, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराजमा ६४ हजार ७७८ जना, विजयनगरमा ३५ हजार ९०३ जना र यशोधरामा ३७ हजार ७८३ जना गरी दुई लाख ५२ हजार २ ६३ जनालाई हैजाविरुद्ध खोप खुवाउने सरकारको तयारी छ । यो खोप एक पटक लगाएपछि पाँच वर्षसम्म हैजाबाट सुरक्षित रहन सकिने विभिन्न अध्ययनले देखाएको पौडेलले जानकारी दिए ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले हैजा प्रभावित क्षेत्रका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिइने बताए । ‘मंसिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘अन्य चार स्थानीय तहमा मंसिर ७ गतेदेखि खोप अभियान सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply