कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन
काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनले प्रदेश सभा कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ । हालसम्म कांग्रेसले १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन शुरु गर्न लागेको हो । कांग्रेसले देशैभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबारका लागि क्षेत्रीय अधिवेशनको कार्यतालिका निर्धारण गरेको छ । शनिबारका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन तालिका तय गरिएको भए पनि सोमबारसम्म अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
कांग्रेसले शुक्रबार देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन नहुने भएको छ । तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै रहेका कारण प्रदेश सभा क्षेत्रीय अधिवेशन नहुने भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्ला बाहेक अन्य ठाउँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रदेश सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply