कांग्रेस महाधिवेशन : आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन
काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनले प्रदेश सभा कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछ । हालसम्म कांग्रेसले १४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।
महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन शुरु गर्न लागेको हो । कांग्रेसले देशैभरका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबारका लागि क्षेत्रीय अधिवेशनको कार्यतालिका निर्धारण गरेको छ । शनिबारका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन तालिका तय गरिएको भए पनि सोमबारसम्म अधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।
कांग्रेसले शुक्रबार देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन नहुने भएको छ । तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै रहेका कारण प्रदेश सभा क्षेत्रीय अधिवेशन नहुने भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्ला बाहेक अन्य ठाउँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रदेश सभा क्षेत्रीय सम्मेलन गठन गर्ने प्रयोजनका लागि कांग्रेसले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रलाई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रदेश सभा क्षेत्रीय सम्मेलनको क्षेत्र मानेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply