ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
३ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग भेटघाट भएको हो ।
भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवास नेवाङ, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुलेले ओलीसँग एमसीसी ढिलाइबारे जिज्ञासा राखेको स्रोतले बताएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीले भेटवार्ता गरेका थिए। भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेका थिए । जवाफमा देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए ।
बुधबार काठमाडौं आइपुगेका लुले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply