ओली र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
३ मंसिर, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच सिंहदरबारमा भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा लुको प्रतिनिधिमण्डलसँग भेटघाट भएको हो ।
भेटवार्तामा एमाले संसदीय दलका उपनेता सुवास नेवाङ, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए। नेपालको तीन दिने भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुलेले ओलीसँग एमसीसी ढिलाइबारे जिज्ञासा राखेको स्रोतले बताएको छ ।
यसअघि बिहीबार प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीले भेटवार्ता गरेका थिए। भेटका क्रममा लुले एमसीसी पास ढिलाइबारे जिज्ञासा राखेका थिए । जवाफमा देउवाले सहमतिअनुसार एमसीसी पास गरिने जानकारी गराएका थिए ।
बुधबार काठमाडौं आइपुगेका लुले केही परियोजनाहरुको अवलोकन गर्नुको साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी राजदूतावासले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply