प्रधानन्यायाधीश जबराले वार्ताका लागि बारलाई पठाए पत्र
३ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएसनलाई पत्र पठाएका छन् ।
उनले पत्रमा वार्ताका लागि आह्वान गरेका छन् । बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै बारलाई पत्र पठाएका हुन् । बारको जारी बैठकमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले उक्त पत्र वाचन गरेका थिए ।
प्रधानन्यायाधीशले पठाएको पत्रमाथि बारको कार्यसमिति बैठकमा छलफल भइरहेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् । नेपाल बार एशोसिएसनले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । बारका एक पदाधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।
प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply