माओवादीले आज देशभरका ६,७४३ वडामा नेतृत्व चयन गर्दै
४ मंसिर, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आज देशभर वडा सम्मेलन गर्दैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्दैछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।
देशभर ६,७४३ वटा वडा छन् । माओवादी केन्द्रले सबै वडामा एकै दिन नेतृत्व चयन गर्न लागेको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यसै सन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभई वडा सम्मेलनमा सहभागी हुन अपिल गरेका थिए ।
‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ’ महराद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तै मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply