एमाले महाधिवेशनमा अन्तर्राष्ट्रिस्तरका ६० पार्टीलाई निम्तो
४ मंसिर , काठमाडौं । नेकपा एमालेले आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने निश्चित भएको छ । दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिए ।
एमालेको मुखपत्रमा प्रकाशित बुलेटिनअनुसार हालसम्म भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी, भारतीय कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी लिबरेशन पार्टी आउने निश्चित भएको हो । त्यसैगरी बंगला देशको कम्युनिष्ट पार्टी अफ बंगलादेशका तर्फबाट आउने निश्चित भएको छ । रिभोलेसनरी वर्कर पार्टीको तर्फबाट पनि आउँछु भनेर खबर पठाएको संयोजक भट्टराईले जानकारी दिए। उनका अनुसार श्रीलंकाबाट जेभीपी पार्टीको प्रतिनिधि आउने भनेर निश्चित गरेका छन् ।
त्यस्तै कम्बोडियाको सत्तासीन पार्टी कम्बोडियन पिपुल्स पार्टीको प्रतिनिधिले पनि आउने निश्चित भएको छ । फ्रेञ्च कम्युनिष्ट पार्टीले पनि प्रतिनिधि पठाउने भनेको छ । टर्कीको वामपन्थी पार्टीले आउने भनेको छ । यद्यपि, त्यहाँ कोरोना बढेका कारण निश्चित भएको छैन, बुलेटिनमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका छन् ।
युरोपमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेका कारण युरोपियन पार्टीहरुले आउने चासो राख्दा–राख्दै पनि आउन नसक्ने स्थिति भएकाले सन्देश पठाउने कुरा गरेको उनले उल्लेख गरेका छन् । त्यस्तै दक्षिण एशियाका अरु रुलिङ पार्टीहरुलाई पनि निम्ता गरिएको उनले बताए । उनीहरुलाई सकेसम्म प्रतिनिधि पठाउनु नभए सन्देश पठाउनु भनेको उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीले यो कोरोनाका कारण आउन नसक्ने भन्दै शुभकामना सन्देश पठाउने भनेको उनले जनाएका छन् ।
नर्थ कोरिया पार्टीले शुभकामना सन्देश पठाउने कुरा भएको छ । भियतनाम र लावसले प्रतिनिधि नै पठाउन सक्ने या शुभकामना सन्देश पठाउने भन्ने विषयमा हामीले टुंगो गरिसकेका छैनौं भनेको छ । हामी त्यसको निरन्तर फलो गरिरहेका छौं । क्युवालाई पनि निम्तो दिएका छौं । अहिलेसम्म बेल्जियमबाट शुभकामना सन्देश प्राप्त भएको छ । आयरल्याण्डबाट शुभकामना सन्देश प्राप्त भएको छ । जर्मनी र रसियाका तीन पार्टीले शुभकामना सन्देश पठाउने भन्नु भएको छ, उनले भनेका छन् ।
अतिथिहरु ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उनले बताए । ‘अधिकांश पाहुना ९ गते नै आइपुग्नुहुन्छ । उहाँहरुलाई १० गते बिहान काठमाडौंबाट चितवन लैजान्छौं । चितवनमा उद्घाटन सत्रमा सहभागी गराएपछि उहाँहरुलाई सौराहाको होटलमा बस्ने व्यवस्था गर्छौ । ११ गते साँझ पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उहाँहरुको सम्मानमा रात्रभिोजको आयोजना गर्नु हुनेछ । त्योसँगै हामीले पाहुनाहरुकै सम्मानमा स्थानीय संस्कृतिका बारेमा जानकारी गराउन केही साँस्कृतिक कार्यक्रमको आयोजना गर्नेछौं । उहाँहरुलाई सौराहामा दृष्यावलोकनको पनि व्यवस्था गरेका छौं । जंगल सफारीको पनि योजना बनाएका छौं । काठमाडौँमा पनि उहाँहरुको सम्मानमा भेटघाटको आयोजना गर्ने तयारी गरेका छौं । उहाँहरुलाई उपहारको पनि व्यवस्था गरेका छौं,’ उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply