कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा
५ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।
आज सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा माग गरेका हुन् । प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । डिउटीमा खटिएका डीएसपीले आफूहरूविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरूले गृहमन्त्री समेतको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलित छन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको हो । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एसोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आइतबार भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply