कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा
५ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।
आज सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका उनीहरूले दंगा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्रीको पनि राजीनामा माग गरेका हुन् । प्रहरीले सर्वोच्च परिसरमा प्रदर्शन रोक्न खोजेको थियो । त्यसपछि वकिलहरूले प्रहरीविरुद्ध पनि नाराबाजी गरे । डिउटीमा खटिएका डीएसपीले आफूहरूविरुद्ध नाराबाजी नगर्न भन्दै माइकिङ गरेपछि वकिलहरू थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरूले गृहमन्त्री समेतको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायी आन्दोलित छन् । पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै नेपाल बारले उनको बहिर्गमनको माग गरेको हो । २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।
यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एसोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आइतबार भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply