द्वन्द्वकालमा भएका कमी कमजोरीको छानविन गर्न तयार छौं : प्रचण्ड
५ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै राजनीतिक दलहरु तयार रहेको बताएका छन् । शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्यतथ्य छानविन गरी मेलमिलापको वातारण तयार गर्न सबै राजनीतिक दलहरु प्रतिवद्ध रहेको अध्यक्ष दाहालले बताएका छन् ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षको अवसरमा अध्यक्ष दाहालले आइतबार जारी गरकेो विज्ञप्तिमा द्वन्द्वकालमा भएका घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपूर्ण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रियाबाट टुङ्गोमा पुर्याइ समाजमा मेलमिलाप गर्न प्रतिवद्ध रहेको उल्लेख छ ।
यस्तै द्वन्द्वकालमा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी तयार छौं, विज्ञप्तिमा भनिएको छ । सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापितलगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आमागी संसद अधिवेशनबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply