प्रधानन्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै बारले दलहरूको ध्यानाकर्षण गराउँदै
६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आज राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउँदैछ ।
प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै नेपाल बारले दलका नेताहरूको ध्यानाकर्षण गराउन लागेको हो । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलका नेताहरू मौन बसेको भन्दै नेपाल बार असन्तुष्ट छ । सर्वोच्च अदालत परिसरमा जारी धर्ना र विरोध कार्यक्रम १२ बजेभित्र सकेर दलका नेताहरूको ध्यानाकर्षण गराउने नेपाल बारको योजना छ ।
नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले सिंहदरबारभित्रको दलकै कार्यालयमा नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउने योजना रहेको बताए । सुरुमा कुन दलको कार्यालयमा कति बजे जाने भन्ने समय फिक्स्ड छैन, हाम्रो नियमित विरोधको कार्यक्रम सकेर ध्यानाकर्षण गराउन जान्छौं, उनले भने ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बारले उनको राजीनामा माग्दै गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ । विरोध कार्यक्रमअन्तर्गत नै आइतबार सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा कानून व्यवसायीहरूले बहस पैरवी रोकेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply