चिनियाँ कम्युनिस्ट पार्टीले नेपाललगायत विभिन्न मुलुकका कम्युनिस्ट पार्टीसँग अन्तर्क्रिया गर्दै
६ मंसिर , काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आज नेपाललगायत बिभिन्न देशका कम्युनिष्ट पार्टीसँग अन्तरक्रिया गर्ने भएको छ । भर्चुअल माध्यमबाट हुने बैठकमा नेपालबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत सहभागी हुने भएका छन् । बैठक नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुने जनाइएको छ ।
एकीकृत समाजवादीका बिदेश बिभाग सदस्य मिलन राज तुलाधरले चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न १९ औं केन्द्रीय समितिको छैटौं सत्रले गरेका निर्णयबारे जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरिएको जानकारी दिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भर्चुअल बैठकमा सहभागी हुनेछन् उनले बताए । ‘नेपाल, श्रीलंकालगायत विभिन्न मुलुकका कम्युनिष्ट पार्टी भर्चुअल बैठकमा सहभागी हुने जानकारी पाएका छौं’ तुलाधरले सुनाए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विदेश विभाग प्रमुख सङ् थाओले बैठकमा बोल्ने छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply