एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा
६ मंसिर, काठमाडौं । मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज सोमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको उनले जानकारी गराएका छन् ।
पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरुलाई परिचालन गर्नका लागि पनि सचिव पदमा आफूले उम्मेदवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतको भनाइ छ ।
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा होस् पार्टीकै पक्षमा नागरिकको माहोल बनाउन, युवालाई एकताबद्ध बनाउन, आउँदा दिनमा एमालेमा ऊर्जावान् युवाहरूको प्रवेशको नेतृत्व गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने बस्नेतले घोषणा गरे ।
उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधार समेत प्रस्तुत गरेका छन् । उनले आधारहरू प्रस्तुत गर्दै जनयुद्धका नाममा एमाले कार्यकर्ताको हत्या र वाईसीएलको दबदबाविरुद्ध युथ फोर्स बनाएर देशैभरि युवा परिचालन गर्दै कार्यकर्ताको संरक्षण गरेको, एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरि युवा अभियान चलाएर एमालेलाई बलियो बनाएको बताएका छन् ।
२०४९ सालमा एमालेको साधारण सदस्य लिएर राजनीतिमा प्रवेश गरेका बस्नेतले २०५४ मा २३ वर्षकै उमेरमा तत्कालीन गुण्डु गाविसका अध्यक्ष निर्वाचित हुँदै देशभरिका कान्छो गाविस अध्यक्ष भएको, २०५५ मा युवा सङ्घ जिल्ला अध्यक्ष, त्यसपछि एमाले जिल्ला सदस्य, २०५६ मा युवा सङ्घ केन्द्रीय सदस्य, २०६३ मा युवा सङ्घ केन्द्रीय कोषाध्यक्ष, २०६५ मा युथ फोर्स प्रमुख, २०६६ र २०६९ को महाधिवेशनबाट युवा सङ्घको केन्द्रीय अध्यक्ष हुँदै अहिले एमाले केन्द्रीय सदस्य छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply