वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको घोषणा
७ मंसिर, काठमाडाैं । चितवनमा हुने नेकपा एमाले को दशौं महाधिवेशनमा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेम्बाङले भने, मेरो सर्वसम्मत गरौ भन्ने जोड हो । तर सर्वसम्मत भएन भने साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनै पर्यो ।
एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ ।
गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । उक्त पद हालका महासचिव ईश्वर पोखरेललाई व्यवस्थापन गर्न लक्षित गरेर सिर्जना गरिएको एमाले नेताहरुले बताउदै आएका छन् । तर अव यो पदमा पोखरेलसहित रामबहादुर थापा बादल र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply