सहमति नभए सबै पदमा चुनाव : ओली
७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभए आसन्न दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन् । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन् ।
मंगलबार काठमाडौंमा सम्पादकसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले आफूले कसैलाई दबाब नदिने बताए । एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन् । उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा, प्रश्न गर्दै ओलीले भने, मेरा कारणले कसैलाई दबाब दिन्नँ, दबाब हुने खालका कुनै काम हुँदैन । मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म । अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए ।
हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन, ओलीले थपे ।
सम्बन्धित समाचार
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply