एमाले महाधिवेशन : ३५ महिलासहित १०६ प्रतिनिधि मनोनित
८ मंसिर, काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनयन भएका छन् । आज ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।
मनोनितमध्ये ३५ जना महिला प्रतिनिधि छन् । एमालेले यी १०६ मध्येमा माओवादीबाट आएकाहरुलाई पनि उच्च प्राथमिकता दिएको छ । माओवादीबाट आउनेहरुमा रमेश पन्त र रोल्पा थवाङकी यमुना रोका मगरसहित रहेको स्रोतले जानकारी दिएको छ ।
यस्तै गठबन्धन सरकारले प्रदेश प्रमुखबाट हटाएका सोमनाथ अधिकारी ‘प्यासी’ र गोविन्द कलौनी पनि एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
एमालेमा निर्वाचित भएर आउने १,९९९ बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । त्यही अनुसार स्थायी कमिटीले १०६ जनालाई मनोनित गरेको हो । अब उक्त प्रस्तावलाई चितवनमा बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply