एमाले महाधिवेशन : ३५ महिलासहित १०६ प्रतिनिधि मनोनित
८ मंसिर, काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनयन भएका छन् । आज ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।
मनोनितमध्ये ३५ जना महिला प्रतिनिधि छन् । एमालेले यी १०६ मध्येमा माओवादीबाट आएकाहरुलाई पनि उच्च प्राथमिकता दिएको छ । माओवादीबाट आउनेहरुमा रमेश पन्त र रोल्पा थवाङकी यमुना रोका मगरसहित रहेको स्रोतले जानकारी दिएको छ ।
यस्तै गठबन्धन सरकारले प्रदेश प्रमुखबाट हटाएका सोमनाथ अधिकारी ‘प्यासी’ र गोविन्द कलौनी पनि एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
एमालेमा निर्वाचित भएर आउने १,९९९ बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । त्यही अनुसार स्थायी कमिटीले १०६ जनालाई मनोनित गरेको हो । अब उक्त प्रस्तावलाई चितवनमा बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply