एमाले निर्वाचनमा उम्मेदवारलाई कडाइ, ठूला प्रचार सामाग्री प्रयोग गर्न नपाइने
१० मंसिर, चितवन । नेकपा एमालेले नयाँ नेतृत्वका आकांक्षीहरुलाई प्रचारप्रसारका लागि नयाँ मापदण्ड जारी गरेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारलाई २ वाई ४ इञ्च साइजको भन्दा ठूलो निर्वाचन सामाग्री प्रयोग नगर्न अपील गरेको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ठूला प्रचारप्रसार सामाग्री प्रयोग गरेको पाइए उम्मेदवारीनै खारेजसम्मको कारवाही गरिने बताएका छन् । उनका अनुसार तुल, व्यानरहरु समेत मतदानस्थल आसपासमा राख्न पाइने छैन ।
महाधिवेशनको बन्दसत्र सौराहाको हेटल सेभेन स्टारमा ११ गते विहान ८ बजेदेखि सुरु हुँदैछ । ‘प्रचारप्रसारका सामाग्रीलाई निरुत्साहित गरेका छौं, आचारसंहिता जारी भइसकेको छ, उनले भने, सबै उम्मेदवारले अनावश्यक प्रचारप्रसारका सामाग्री प्रयोग नगर्ने अपेक्षा गरेका छौं ।
उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ । प्यानल बनाएर भोट मागेको भेटिए पनि कारवाही हुने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि ९२ वटा भोटिङ मेसिनहरु मध्ये ५-७ वटा बाहेक सबै प्रयोगमा ल्याइने बताए । हामी विद्युतीय मतदान गर्ने भएकाले मतदान सकिएको ४ घण्टामै नतिजा सार्वजनिक हुनेछ, उनले भने, मतदाताई मतदान गर्न करिब आधा घण्टा लाग्नेछ । उम्मेदवारको अन्तिम नामावली शनिबार बेलुका ६ बजे प्रकाशन गर्ने तयारी छ ।
५० वटा क्षेत्रमा चुनाव हुनेछ । १५ जना पदाधिकारी सहित २ सय २५ जनाको केन्द्रीय कमिटी बन्नेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । अलमल नहोस् भनेर मतदानस्थल कार्यालय नमूना मतदानका लागि ३ मेसीन राख्दैछौं, उनले भने, नमूना मतपत्र पनि बाँडिनेछ ।
विद्युतीय मतदान गर्दा मतदाताले ५० पटक स्क्रोल गर्नुपर्नेछ । १२ गते विहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुलाई मोबाइलमै उम्मेदवारको विवरण उपलब्ध गराउने तयारी गरेको छ ।
१२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशित प्रति प्रतिनिधिको हातहातमा पु¥याइने योजना छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply