फेरि पनि पालो आउँछ,अस्वस्थ प्रतिस्पर्धा नगरौं : ओली
११ मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई विथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आह्वान गरेका छन् । लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्रै बुझ्न नहुने उनको भनाइ छ ।
पार्टीको १० औं महाधिवेशन अन्तरगत बन्दसत्रलाई सम्वोधन गर्दै ओलीले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिंगै पार्टीको छविमा आँच आउने चेतावनी दिए ।
उनले भने, कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुरुयाउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।
उनले थपे, फेरि पनि पालो आउँछ । हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ । अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्था नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply