अध्यक्ष ओलीलाई नभेटि, बन्द सत्र हलमा छिरे भीम रावल
१२ मंसिर , चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका छन्।
अध्यक्षमा उम्मेदवारी दिएर ३२ पेजको बुक लेट समेत बनाएर चुनाव प्रचार गरिरहेका उनी ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका हुन्।
ओलीलाई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले रावललाई मिलाएर लैजान आइतवार बिहानै आग्रह गरेका थिए।
ओलीले आफू मिलाउने प्रयासमा नै रहेको जवाफ दिएका थिए। तर यी दुई नेताबीच कुनै संवाद अघि नबढेको हो।
ओली आफ्नै समूह मिलाउने प्रयासमा लागिरहेका छन्। ओली पार्क सफारीमा बसेर आफ्नो समूहसहित सर्वसम्मत हुने पदाधिकारीको सम्भावित सूची बनाउन लागिरहँदा रावल भने सेभेन स्टारको बन्दसत्र आसपास चुनाव प्रचारमा थिए।
उनका सहयोगीहरुले बन्दसत्र हलमै पुगेर चुनाव प्रचार गरिरहेपछि स्वयम् सेवकहरुले उनीहरुलाई निकालेका थिए।
शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार दिएको थियो। निर्वाचनको पक्षमा नरहेका ओली सर्वसम्मत नेतृत्व छान्ने कसरतमा छन्।
तर ओलीले भने अझै पनि पार्क सफारी होटेल छोडेका छैनन्। सहमतिको सूची तयार गरेर मात्रै ओली बन्द सत्र हलमा जाने तयारी छ। ओली सहमतिको तयारीमा रहेका अहिल्यै बन्दसत्र सुरु हुने सम्भावना कम छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply