एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव
१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज चुनाव हुने भएको छ ।
हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।
चितवनको सौराहामा राति अबेर शुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उनले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।
निर्वाचन प्रक्रिया हिजै शुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया शुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लगेका छन् । रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित नै भएको छ भने अन्य पदाधिकारी तथा सदस्यमा पनि अध्यक्ष ओलीले पेस गरेका नामभन्दा अन्यले उम्मेदवारी दिए निर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply